अमेरिकाबाट १० बाकसमा जहाज ल्याउँदैं महावीर पुन

पाेखरा | साउन १३, २०७९

अमेरिकाबाट १० बाकसमा जहाज ल्याउँदैं महावीर पुन

पोखरा:  महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई अमेरिकामा हवाई जहाज सहयोग गरिएको छ ।

 

मनोरञ्जनको लागि पर्यटकहरु उडाउन र पाइलट ट्रेनिङ्गमा प्रयोग गर्न सकिने साना प्रकारका जहाज दान गरिएको केन्द्रका अध्यक्ष पुनले आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरेका छन् । 

 

उनले १० वटा बक्सहरुमा सो जहाजको सामान अट्ने भन्दै नेपाल ल्याएर जोडेर उडाउन मिल्ने बताएका छन् । उनका अनुसार सानो जहाजमा २ जना र ठुलोमा ८ जनासम्म मान्छेहरु अटनेछन् ।

 

उक्त पार्ट्सहरु नेपाल पुगेपछि जोड्नलाई ईन्जिनियर र उडान सिकाउन पाइलटहरु अमेरिकाबाट निःशुल्क रुपमा सहयोग गर्न आउने समेत उनले बताए ।

 

अमेरिका रहेका उनी लस एन्जेलस नजिकैको एउटा नगरपालिकाको एअरपोर्टमा अध्ययन भ्रमण गरेको भिडियो फेसबुकमा सार्वजनिक समेत गरेका थिए । जुन एअरपोर्टमा नेपाली मुलका अनिश प्रधानको एयरक्राफ्ट वर्क कम्पनी सञ्चालनमा छ ।

 

नेपालको प्रयोगविहीन र थन्किएर रहेको कुनै एउटा एअरपोर्ट नेपाल सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएमा एयरक्राफ्ट ईन्जिनियरिङ र पाईलट ट्रेनिङ सम्बन्धी सेन्टर सञ्चालन गर्न सकिने ठूलो सम्भावना रहेको पुनले बताए ।

उनले सहयोग पाएका जहाज नेपाल भित्राउन र उडान अनुमतिमा सहजिकरण गर्न सरकारलाई आग्रह गरेका छन् ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्